Posts

  जनैको परिचय र महत्व हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुतीको धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ। जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाइन्छ, येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।। -अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए । त्यही बन्धनले तपाईँको हातमा पनि बाँधिदिएको छु । तपाईँको रक्षा होस्। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन्। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ। चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँछ। यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन्। य...